टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि

काठमाडौं । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको छ।

प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्नेछन्, जसले विद्यार्थी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा, र लामो ब्याट्री लाइफ जस्ता सुविधाहरूको लोकप्रियता बढाउँदै आएको छ।

कम्पनीका अनुसार डीपसीक एलएलएम समावेशसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई अझ स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य लिएको छ।

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, ३० मिटर सडक पुरियो Read Previous

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, ३० मिटर सडक पुरियो

नेप्सेमा लगातार छैटौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार छैटौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी