सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, ३० मिटर सडक पुरियो

खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ? Read Previous

कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ?

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि Read Next

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि