कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने छन् । संस्थापकबाट आवेदन नपरेमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने छ ।

बैंकको सेयर किन्न इच्छुक व्यक्ति वा संस्थाले आजको ३५ दिन भित्र कुमारी क्यापिटल, नक्साल, काठमाडौंमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

नेप्सेको सीईओको लागि दरखास्त आह्वान, यस्तो चाहिन्छ योग्यता Read Previous

नेप्सेको सीईओको लागि दरखास्त आह्वान, यस्तो चाहिन्छ योग्यता

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, ३० मिटर सडक पुरियो Read Next

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, ३० मिटर सडक पुरियो