नेप्सेमा लगातार छैटौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन वृद्धि भएको छ । फागुन ४ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

आज दिनभरमा ३० अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झिनो अंकले बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ ।

आज सूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४६ करोड रुपैयाँले घटेर ११ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै २.५० प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.२१ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ८० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, राप्ति हाइड्रोपवारको ९.४७ प्रतिशत, बोटलर्स नेपाल बालाजु ८.०६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी र दिव्यश्वरी हाइड्रको पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज विन नेपाल लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि Read Previous

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि

शिवरात्रीमा सवारी व्यवस्थापनमा ८९० ट्राफिक खटाइने, यी ठाउँमा निःशुल्क पार्किङ Read Next

शिवरात्रीमा सवारी व्यवस्थापनमा ८९० ट्राफिक खटाइने, यी ठाउँमा निःशुल्क पार्किङ