अब पुनर्बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाकोष पालैपालो संचालन गर्ने

काठमाडौं । अब वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहकि कोष (पुल) पुनर्बीमा कम्पनीहरूले पालैपालो प्रबन्धकको रुपमा संचालन गर्न पाउने भएका छन् ।

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ लाई पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेका हो ।

प्राधिकरणका अनुसार अब सामूहिक बीमा कोषको व्यवस्थापन दुई पुनर्बीमा कम्पनीहरूले पालैपालो ४/४ वर्षका लागि गर्नेछन् । यसअघि सबै पुनर्बीमकहरूले संयुक्त रूपमा व्यवस्थापन गर्ने प्रावधान थियो।

हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी दुई पुनर्बीमक कम्पनीहरू पुनर्बीमा कम्पनी संचालनमा छन् । नयाँ व्यवस्था अनुसार अब एउटा कम्पनीले ४ वर्षसम्म कोष व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ। त्यसपछि अर्को ४ वर्ष अर्को कम्प्नीले व्यवस्थापन गर्नेछ ।

त्यस्तै, पुनर्बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्ने सदस्य बीमकले बीमलेख जारी गर्नेदेखि दाबी भुक्तानीसम्मका कोमका लागि व्यवस्थापन खर्च स्वरूप बीमाशुल्कको १ प्रतिशत रकम पाउने छन् । साथै, बीमांकीय मूल्यांकनका लागि लाग्ने वास्तविक खर्च बीमाशुल्क बाँडफाँटका आधारमा मिलान गरिनेछ।

यस व्यवस्थाले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको बीमा सेवा सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बीमा प्राधिकरणले जनाएको छ।

गत साउन १ गतेदेखि लागू भएको उक्त निर्देशिका प्राधिकरणले ८ महिनामै संशोधन गरेका हो ।

नेप्सेमा ७६ अंकको उतरचढाव, रि इन्स्योरेन्सको सेयरमा उच्च आकर्षण Read Previous

नेप्सेमा ७६ अंकको उतरचढाव, रि इन्स्योरेन्सको सेयरमा उच्च आकर्षण

एक सातापछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल Read Next

एक सातापछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल