नेप्सेमा ७६ अंकको उतरचढाव, रि इन्स्योरेन्सको सेयरमा उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन वृद्धि भएको छ । गत आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

आज दिनभरमा ७६ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको हो । आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३ अर्बले बढेर ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै ३.७२ प्रतिशतले बढेको छ भने व्यापार समूह १.३२ प्रतिशतले घटेको छ ।

आज पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ६० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज उपकार लघुवित्तका सेयरधनीले भने सर्वाधिक ६.७९ प्रतिशत गुमाएका छन् ।

शिवरात्रीमा चन्द्रागिरी केबलकारको टिकटमा ५० प्रतिशत छुट Read Previous

शिवरात्रीमा चन्द्रागिरी केबलकारको टिकटमा ५० प्रतिशत छुट

अब पुनर्बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाकोष पालैपालो संचालन गर्ने Read Next

अब पुनर्बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाकोष पालैपालो संचालन गर्ने