काठमाडौं । चन्द्रागिरी हिल्सले फागुन १४ गते केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले महाशिवरात्रीको दिन हुने महाआरतीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।
कम्पनीका अनुसार शिवरात्रीको दिन चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिर परिसरमा हुने महाआरती हेर्न जानेलाई केबलकारको टिकटमा छुट दिइने छ । सो दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।