एक सातापछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । उनी एक सातापछि मन्त्रालयमा आएर काम गर्न थालेका हुन् ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

अब पुनर्बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाकोष पालैपालो संचालन गर्ने Read Previous

अब पुनर्बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाकोष पालैपालो संचालन गर्ने

फेसबुकमा विरोध गरेपछि दूधकोशी जलविद्युतका सीईओ हटाउन ऊर्जामन्त्रीको निर्देशन Read Next

फेसबुकमा विरोध गरेपछि दूधकोशी जलविद्युतका सीईओ हटाउन ऊर्जामन्त्रीको निर्देशन