काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरू र बीमक संघहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको छ।
समितिले हाल सञ्चालनमा रहेको जीवन, निर्जीवन, पुनर्बीमा कम्पनी तथा नेपाल बीमक र जीवन बीमक संघलाई उक्त कार्ययोजनामा तोकिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी बीमा क्षेत्रको क्षेत्रगत कार्ययोजना २०७६-८९ पारित गरी गत असार ७ गते लागू भइसकेको समितिले जनाएको छ।
कार्ययोजनाको सफल र प्रभावकारी कार्यान्वयनका लागि तोकिएको जिम्मेवार र सहयोगी निकायहरुबाट एकापसमा समन्वय गरी निर्धारित अवधि भित्रै सम्पादन गरी आवधिक प्रतिवेदन समितिमा बुझाउने व्यवस्था गर्न समितिले बीमा कम्पनी तथा बीमक संघहरुलाई सकुर्लर जारी गरेकाे छ।