कालिका र जनसेवी लघुवित्तको एकीकृत कारोबार शुरु

काठमाडौं । मर्जरमा गएका दुई लघुवित्त कम्पनीले आज (बुधबार) देखि संयुक्त कारोबार शुरु गरेका छन् । कालिका र जनसेवी लघुवित्त मर्जर भई कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरु भएको छ ।

 

दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

 

दुवै कम्पनीको गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हाल कालिका लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान स्याङजा, वालिङ वडा नं ८ मा हुनेछ ।

 

मर्जरमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिकाको शेयर कारोबार रोक्का भएको छ । जनसेवीले सर्वसाधारणमा बिक्री गरेको धेरै नभएकाले दोस्रो बजारमा कारोबार सुरु भैसकेको छैन । कालिकाको जेठ ६ गतेदेखि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

जाडोमा यसरी पिउनुस चिया, शरिरलाई फाइदा हुन्छ Read Previous

जाडोमा यसरी पिउनुस चिया, शरिरलाई फाइदा हुन्छ

सम्पती शुद्धीकरण कार्ययोजना कार्यान्वयन गर्न बीमा समितिको निर्देशन Read Next

सम्पती शुद्धीकरण कार्ययोजना कार्यान्वयन गर्न बीमा समितिको निर्देशन