पेट्रोल पम्प चलाउन ९ सय ३९ ले दिए आवेदन, दुई नम्बर प्रदेशमा सबैभन्दा बढी

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प खोल्न आबेदन मागेसँगै सबैभन्दा धेरै प्रदेश नम्बर २ बाट आवेद परेको छ । प्रदेश २ बाट ३ सय २७ आवेदन पर्दा सबैभन्दा कम कर्णाली प्रदेशबाट १६ वटा मात्र आवेदन आएको निगमको भनाई छ ।

 

त्यस्तै प्रदेश १ बाट १ सय ८९, प्रदेश ३ बाट १ सय २१, गण्डकी प्रदेशबाट २७, प्रदेश ५ बाट २ सय ८ र सुदूरपश्चिम प्रदेशबाट ५२ वटा आवेदन परेको छ ।

 

नेपाल आयत निगमले गत बैशाख १३ मा नयाँ पेट्रोल पम्प खोल्न आवेदन माग गरेको थियो । असार १३ गते सकिएको उक्त आवेदनको समयभित्र देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ ।

 

निगमले पेट्रोल पम्प खोल्न नयाँ मापदण्ड बनाएको थियो । त्यही मापदण्ड अनुरुप नपाँ पम्म खोल्न आवेदन माग गरिएको निगमको भनाई छ । नयाँ राजमार्ग, पहाडी क्षेत्र र स्थानीय तहलाई लक्षित गरी पम्पको लाइसेन्स खुला गरिएको हो ।

 

नयाँ मापदण्ड अनुसार निगमले हरेक ३ वर्षमा नयाँ पेट्रोल पम्म खोल्ने स्वीकृति दिनेछ । पेट्रोल पम्प खोल्न आएको आवेदनका आधारमा स्थलगत अध्ययन गरी नयाँ मापदण्ड अनुसार पम्प सञ्चालनका लागि स्वीकृति दिने, नदिने विषयमा निगमले निर्णय गर्ने जनाएको छ ।

 

यस्तो छ नयाँ मापदण्ड
काठमाडौं र ललितपुरमा १ रोपनी आठ आना, बजार क्षेत्रमा चार कट्ठा, पहाडी क्षेत्रको राजमार्गमा आठ कट्ठा र पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा १० कट्ठा क्षेत्रफलको जमिन पेट्रोलपम्प खोल्न चाहिन्छ । एक पम्पदेखि अर्को पम्पको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्छ ।

 

महानगर, उपमहागर र ठूला राजामार्ग क्षेत्रमा ८ लाख, नगरपालिकाभित्र ५ लाख, गाउँपालिकाभित्र ३ लाख र विकट हिमाली तथा पहाडी जिल्लामा २ लाख रुपैयाँ धरौटी राख्नु पर्छ ।

प्रमोटरले कबुलेको रकम नहाली जलविद्युतको सार्वजनिक निष्कासन गर्न नपाईने Read Previous

प्रमोटरले कबुलेको रकम नहाली जलविद्युतको सार्वजनिक निष्कासन गर्न नपाईने

स्मार्ट सिटी निर्माणपछि जग्गाधनीले कति पाउलान जमिन Read Next

स्मार्ट सिटी निर्माणपछि जग्गाधनीले कति पाउलान जमिन