स्मार्ट सिटी निर्माणपछि जग्गाधनीले कति पाउलान जमिन

संकेतिक तस्वीर

काठमाडौं । उपत्यकामा बन्ने स्मार्ट सिटीमा जग्गाधनीलाई पूर्वाधार निर्माण पश्चात् कति जमिन फिर्ता दिने भन्ने विषय टुङ्गो नलाग्दा डीपीआर निर्माण प्रभावित भएको छ ।

 

असारमा तयार हुने भनिएको डीपीआर यही कारण केही ढिला भएको उपत्यका विकास प्राधिकरणका इन्जिनीयर भागवत खोखालीले जानकारी दिए ।

 

उनका अनुसार पूर्वाधार निर्माण पश्चात् कुल जमिनको ३५ देखि ४० प्रतिशत जग्गा सम्बन्धीत जग्गाधनीलाई फिर्ता हुने अनुमान छ ।

 

विकासका लागि जनताको आफ्नै जमिन प्रयोग हुँदा उनीहरुको स्वामित्व बढी रहने समेत उनले जानकारी दिए । भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माण नयाँ सहरमा गरिने छ । त्यसपछि आर्थिक तथा सामाजिक विकासको विषय मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम हुने उनले जानकारी दिए ।

 

नयाँ सहर निर्माणसँगै आर्थिक तथा सामाजिक विकासका लागि समेत ठाउँ छोडिने उनले बताए । हाल नयाँ सहर निर्माणका क्रममा प्राधिकरणले सडक, खानेपानी विजुली, टेली कमिनिकेसन, अन्डर ग्राउन्ड केबल, ढल, पार्क लगायतका पूर्वाधार निर्माण हुने छन् ।

 

साथै, उपत्यकामा बन्ने ४ वटा स्मार्ट सिटीको सडक ६ देखि ५० मिटर चौडाइको बनाइने भएको छ । नयाँ सहरको मापदण्ड अनुसार बन्ने हरेक सडक न्यूनतम ६ मिटर र अधिकतम ५० मिटरको हुनुपर्ने व्यवस्था गरिन लागिएको हो ।

पेट्रोल पम्प चलाउन ९ सय ३९ ले दिए आवेदन, दुई नम्बर प्रदेशमा सबैभन्दा बढी Read Previous

पेट्रोल पम्प चलाउन ९ सय ३९ ले दिए आवेदन, दुई नम्बर प्रदेशमा सबैभन्दा बढी

कृषि औजार कारखाना निर्माण गर्न तात्यो प्रदेश सरकार, हेटौडामा निर्माण हुने Read Next

कृषि औजार कारखाना निर्माण गर्न तात्यो प्रदेश सरकार, हेटौडामा निर्माण हुने