माछापुच्छ्रे बैंकले सुरुगर्यो ग्राहक सेवा केन्द्र, अडियो नोटिस बोर्डको समेत सुविधा

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले अन्र्तराष्ट्रिय स्तरको एसआइपी पिबिएक्समा आधरित आइभिआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो।

 

ग्राहकले बैंकको बिभिन्न सामजिक संजालमार्फत सिधै ग्राहक सेवा केन्द्रमा संम्पर्क स्थापित गर्न सक्नेछन्। देश तथा बिदेशमा रहेका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्ने बैकले जनाएकाे छ।

 

ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने छन्। यसबाट ग्राहकले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुने विज्ञप्तिमा उल्लेख छ।

 

हाल बैंककाे देशभर १४५ वटा शाखा, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल छन्। बैंकका १७९ वटा एटीएम तथा १ हजारभन्दा बढि पिओएस छन्।

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा Read Previous

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

नयाँ उद्योग खोल्नेलाई अन्तःशुल्कदेखि आयकारसम्म छुट दिने सरकारी तयारी Read Next

नयाँ उद्योग खोल्नेलाई अन्तःशुल्कदेखि आयकारसम्म छुट दिने सरकारी तयारी