एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

काठमाडाैं । एभरेष्ट बैंकले बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पु¥याउने उद्देश्यले एनआरएनएसँग सम्झौता गरेको छ ।

 

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दवाडी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक श्री गजेन्द्र कुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।

 

बैंकले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०% छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।

 

हाल ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएमको सञ्जाल रहेको बैंकले १० लाख भन्दा धेरै ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

बेरोजगारलाई रोजगारी दिन श्रम बैंक खोल्दै सरकार Read Previous

बेरोजगारलाई रोजगारी दिन श्रम बैंक खोल्दै सरकार

माछापुच्छ्रे बैंकले सुरुगर्यो ग्राहक सेवा केन्द्र, अडियो नोटिस बोर्डको समेत सुविधा Read Next

माछापुच्छ्रे बैंकले सुरुगर्यो ग्राहक सेवा केन्द्र, अडियो नोटिस बोर्डको समेत सुविधा