नयाँ उद्योग खोल्नेलाई अन्तःशुल्कदेखि आयकारसम्म छुट दिने सरकारी तयारी

काठमाडौं । सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने गरि नयाँ नीति ल्याउने तयारी गरेको छ । देशभित्र उद्योग व्यवसायमा निजी क्षेत्रले लगानी गर्दा सरकारले कर छुट दिनेगरि कानुन बनाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जानकारी गराएको हो ।

 

पुराना उद्योगले लगानी विस्तारमा वास्ता नगरेको र नयाँ उद्योग पनि अपेक्षाकृत रुपमा नआएपछि सरकारले कानुननै बनाएर उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्न लागेको हो ।

 

सरकारले यसभन्दा अघिसम्म नाफा गरेको अवस्थामा मात्रै विभिन्न कर छुट दिने गरेको थियो । तर, कानुन निर्माण गरेपछि लगानी वा उत्पादन बढाउने उद्योगलाई अन्तःशुल्क, आयकरलगायतका करमा छुट दिने व्यवस्था गर्न लागिएको हो ।

 

देशमा नयाँ लगानीको खडेरी परिरहेको छ । उत्पादन निरन्तर घट्दोक्रममा छ । रोजगारी कटौती हुन थालेको छ । यसलाई जोगाउन तथा थप लगानी विस्तारको वातावरण बनाउन सरकारले नयाँ तरिका अपनाउन लागेको प्रमुख शर्माले बताए ।

 

‘देशभित्र लगानी विस्तार तथा उत्पादन बढाउन उद्योगीलाई कर छुट दिने गरी कानुन बनाउन लागिएको हो’, अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुख धनिराम शर्माले भने, ‘अहिले देशमा नयाँ लगानी नभित्रिएको अवस्थामा अर्थमन्त्रालयले नयाँ मोडालिटी तयार पार्न लागेको हो ।’

 

त्यस्तै, देशभित्र विगत दुई वर्षदेखि नयाँ लगानी नभित्रिएपछि सरकारले नयाँ उपाय अपनाउन थालेको हो । अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले नयाँ लगानी कसरी भित्राउन सकिन्छ भनेर सोचिरहेको बताए ।

 

पछिल्लो समय देशभित्र उत्पादन कम हुँदै गएको र लगानी गर्न पनि उद्योगीहरु निरुत्साहित भएकाले लगानी बढाउनका लागि के गर्न सकिन्छ भनेर निरन्तर छलफल चलिरहेको ढुङ्गानाले बताए । सरकारले अहिलेसम्म नाफा कमाउने उद्योगलाई मात्रै विभिन्न कर छुट दिएको थियो । ‘अब यो प्रावधानलाई हेरफेर गर्ने पक्षमा सरकार रहेको छ,’ ढुङ्गानाले स्पष्ट पारेका छन् ।

 

त्यस्तै, देशमा नयाँ लगानीको खडेरी परिरहेको छ । उत्पादन निरन्तर घट्दोक्रममा छ । रोजगारी कटौती हुन थालेको छ । यसलाई जोगाउन तथा थप लगानी विस्तारको वातावरण बनाउन सरकारले नयाँ तरिका अपनाउन लागेको प्रमुख शर्माले बताए ।

 

‘एकातिर देशमा ‘रि–इन्भेष्टमेन्ट’ हुनै छाडेको अवस्था छ । लगानीकर्ताले विश्वास गुमाएका छन् । यस्तो अवस्थामा सरकारले लगानी बढाउन विभिन्न उपायको खोजी गर्नु आवश्यक रहेको छ,’ अर्थविद् विश्व पौडेलले भने, ‘अहिले मुख्य चुनौति भनेकै उद्योगीलाई लगानी विस्तार वा थप लगानी कसरी गराउन सकिन्छ भन्ने नै हो ।’ अर्थमन्त्रालयले नयाँ लगानी वा थप लगानी गर्ने उद्योगीलाई करमा केही सहुलियत दिने कुरा अत्यत्नै जायज भएको पौडेलले बताए । ‘सरकारले छिटो भन्दा छिटो कानुन बनाएर लागू गर्नुपर्छ,’ उनले भने, ‘यसले लगानीकर्तामा केही उत्साह पलाउँछ ।’

 

सरकारले २५ करोड रुपैयाँ भन्दा माथि लगानी गरे अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । ‘अहिलेको अवस्थामा २५ करोड रुपैयाँ भनेको अत्यन्तै थोरै पुँजी हो,’ नेपाल उद्योग परिसंधका अध्यक्ष शतिश मोरले भने ‘यो प्रावधानलाई संशोधन गरेर नबढाएसम्म थप लगानी गर्न उद्योगीहरु डराउँछन् ।’

माछापुच्छ्रे बैंकले सुरुगर्यो ग्राहक सेवा केन्द्र, अडियो नोटिस बोर्डको समेत सुविधा Read Previous

माछापुच्छ्रे बैंकले सुरुगर्यो ग्राहक सेवा केन्द्र, अडियो नोटिस बोर्डको समेत सुविधा

भक्तपुर नगरपालिकाले सर्टिफिकेट धितोमा ५ लाख ऋण दिने Read Next

भक्तपुर नगरपालिकाले सर्टिफिकेट धितोमा ५ लाख ऋण दिने