काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादक र वितरक नेपाल ल्युब आयल लिमिटेडले रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको संख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स सहभागिता जनाएका थिए ।
यो कार्यक्रमले रिटेलर तथा मेकानिक्सहरूको सम्बन्धलाई मजबुत बनाउने कम्पनीको विश्वास छ । ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रममार्फत हामीले रिटेलर तथा पीजीएम साथीहरूसँग प्रत्यक्ष छलफल गर्न मात्रै होइन, उहाँहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर पनि प्राप्त गर्छौं,’ कम्पनीले भनेको छ ।
नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनीहरूले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए ।
त्यस्तै, उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए । कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ ।