नेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एकदिने सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीति तर्जुमा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो।

कम्पनीका सञ्चालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे।

कम्पनीले अहिले हासिल गरेको उपलब्धिभन्दा धेरैमाथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताउँदै उनले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्न कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति तयार रहेको प्रस्ट्याए।

अहिलेको सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बिमाको बजारीकरण, सचेतना तथा बिमा बजारको विकास र बीमाको पहुँचलाई आमनागरिकबिच पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।

यसैगरी, प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरू, कर्मचारीहरू तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद दिए। आमनेपाली बीच अझै पनि बिमासम्बन्धी सचेतना पर्याप्त रूपमा नपुगेको उनको भनाइ थियो। बिमा बजारको उत्कृष्ट टिमको रूपमा नेपाल लाइफको टिम परिचित रहेको र कम्पनीद्वारा निर्धारण गरिएको लक्ष्य सहजै प्राप्त हुनेमा पनि आफू विश्वस्त रहेको उनले बताए।

कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरे। कम्पनीको उच्च व्यवस्थापनद्वारा दिइएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बिमा बजारको बजारीकरण तथा बिमाको पहुँचलाई बढाउन तयार रहेको नेसनल सेल्स हेड पोखरेलले बताए।

शोधनान्तर स्थिति साढे २ खर्ब बचतमा, चालु खातामा डेढ खर्ब Read Previous

शोधनान्तर स्थिति साढे २ खर्ब बचतमा, चालु खातामा डेढ खर्ब

समाज लघुवित्तको नाफा ९९.७४ प्रतिशतले घट्यो, ईपीएस ५ पैसा मात्र Read Next

समाज लघुवित्तको नाफा ९९.७४ प्रतिशतले घट्यो, ईपीएस ५ पैसा मात्र