काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.७४ प्रतिशतले घटेको हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्म १२ हजार ४७० रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५१ लाख १८ हजार रुपैयाँ कम हो । गत वर्ष पुससम्म समाजले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन आम्दानी घट्दा नाफामा उच्च गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पुससम्म लघुवित्तको कुल संचालन आम्दानी ५२.२३ प्रतिशतले घटेर १ करोड २८ लाखमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १३ करोड ३७ लाख रुपैयाँ निक्षेप र २७ करोड १८ लाख रुपैयाँ सापटी लिई कुल ४४ करोड ३७ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा २ करोड ७८ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँबाट घटेर ५ पैसामा सीमित भएको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.८२ प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ । समाजको प्रतिसेयर नेटवर्थ २२२.०२ रुपैयाँ छ ।
समाज नेप्सेमा सूचीकृत ५० मध्ये सबैभन्दा तेस्रो महँगो सेयर मूल्य हुने लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३४४५ रुपैयाँ छ ।