काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुससम्म) शोधनान्तर स्थिति सवा २ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ अर्ब रुपैयाँ पुगेको हो ।
गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोड डलरले बचतमा रहेको छ ।
यस अवधिमा चालु खाता पनि १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको थियो ।