६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (पुससम्म) रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार पुससम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ अर्ब ५८ करोड पुगेको छ ।

पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १४ महिनाको आयात धान्ने Read Previous

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १४ महिनाको आयात धान्ने

शोधनान्तर स्थिति साढे २ खर्ब बचतमा, चालु खातामा डेढ खर्ब Read Next

शोधनान्तर स्थिति साढे २ खर्ब बचतमा, चालु खातामा डेढ खर्ब