विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १४ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन (६ महिनाको) अनुसार पुससम्म विदेशी मुद्रा संचिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

गत असार यता विदेशी मुद्रा संचिति १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ पुस मसान्त आइपुग्दा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग पुस मसान्तसम्म २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा संचिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१र८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

तनहुँबाट साढे ४२ करोडको सुन्तला बिक्री Read Previous

तनहुँबाट साढे ४२ करोडको सुन्तला बिक्री

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स Read Next

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स