काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८१.०१ प्रतिशतले बढेको हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म एनआइसी एशियाले ११ लाख ६ रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पुससम्म लघुवित्तको संचालन नाफा ७३.२४ प्रतिशतले घटेर ५९ लाख १८ हजार रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १८ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल १६ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल १ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर रिटेन्ड अर्निङमा १ करोड ६९ लाख र जगेडा कोषमा ८० करोड ८४ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३ पैसाबाट बढेर ४८ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा १३.७६ प्रतिशतबाट घटेर १३.३७ प्रतिशतमा झरेको छ ।