पाथीभरा केबलकारको विवाद समाधान गर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरू, ५३ करोड बाँडिदै Read Previous

अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरू, ५३ करोड बाँडिदै

एनआइसी एशिया लघुवित्तको नाफा २८१% बढ्यो, ईपीएस भने ४८ पैसा मात्रै Read Next

एनआइसी एशिया लघुवित्तको नाफा २८१% बढ्यो, ईपीएस भने ४८ पैसा मात्रै