फागुन ८ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै नेको इन्स्योरेन्स

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

उक्त हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा नेको इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयर मार्फत अनलाइन् आवेदन दिने सक्नेछन्

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘आइआरएन सिंगल ए प्लस इस्यूअर’ रेटिङ प्रदान दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।

नेकोलो हकप्रद सेयर प्रयोजनाका लागि माघ १८ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

एनआइसी एशिया लघुवित्तको नाफा २८१% बढ्यो, ईपीएस भने ४८ पैसा मात्रै Read Previous

एनआइसी एशिया लघुवित्तको नाफा २८१% बढ्यो, ईपीएस भने ४८ पैसा मात्रै

क्यानडाले पनि लगायो अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर Read Next

क्यानडाले पनि लगायो अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर