डिजिटल पेमेन्ट प्रवर्द्धन गर्न चार बैंक र एनसीएचएलको संयुक्त अभियान

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रवर्द्धन गर्न चार बैंकहरुसँग संयुक्त रुपमा अभियान शुरु गरेको छ ।एनसीएचएलले हाल लक्ष्मी बैंक, सिटिजन बैंक, नबिल बैंक र नेपाल बैंकसँग संयुक्त रुपमा प्रबर्धन अभियान थालिएको हो ।

 

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबर्धन अवधि भित्र सम्बन्धित बैंकले उनीहरुको खातामा १ सय रुपैयाँ जम्मा गरिदिनेछ । १ सय रुपैयाँ बराबरको इन्सेन्टिभ हाल लक्ष्मी बैंक, सिटिजन बैंक, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेको एनसीएचएलले जनाएको छ । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।

 

ग्राहकहरुले कनेक्ट आईसीएसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैंकिग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सकिने एनसीएचएलले जनाएको छ ।

 

कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो । जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी सुविधा उपलब्ध रहेका छन् ।

पूर्वाधार निर्माणको व्यथा : जाडोमा गाह्रो, वर्षामा साह्रो अनी राती गर्ने नीति नै छैन ! Read Previous

पूर्वाधार निर्माणको व्यथा : जाडोमा गाह्रो, वर्षामा साह्रो अनी राती गर्ने नीति नै छैन !

एनआइसी एशियाको न्यू सुपर चमत्कारिक निक्षेप योजना Read Next

एनआइसी एशियाको न्यू सुपर चमत्कारिक निक्षेप योजना