काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारा रहेको एनआइसी एशिया बैंकले आफ्ना निक्षेप योजना अन्तर्गत न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
सन् २०२० को उपलक्ष्यमा ग्राहकलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाइदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्नेलगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नेछन् ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्युरेन्स कम्पनीलाई तिर्नेछ ।
ग्राहकले आफु अनुकुल हुने र इच्छाइएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन भेरियन्टसका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नेछन् ।
यी तीनै प्रकारका खाताहरुमा वार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइने बैंकले जनाएको छ । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई दशहजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ ।
यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने बैंकले जनाएको छ ।
यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।
मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । साथै, ग्राहकले चाहेको समयमा आफैले मोबाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्नेछन् ।