काठमाडौं । एभरेष्ट बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा २१.११ प्रतिशतले बढेकोे हो ।
बैंकले पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको ३६ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष पुससम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ७.८ प्रतिशत र कर्जा लगानी १६.९६ प्रतिशतले बढेको हो ।
हाल १२ अर्ब ९४ करोड चुक्ता पूँजी रहेको बैंकको सेयर प्रिमियममा २३ करोड ८४ लाख रिटेन्ड अर्निङमा २ अर्ब ७१ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको जगेडा कोषमा १३ अर्ब ३२ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २.९४ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.१२ रुपैयाँबाट बढेर ३२.०६ रुपैयाँ पुगेको छ ।
पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ २२५.७९ रुपैयाँ, बेसरेट ५.८४ प्रतिशत, सीडी रेसियो ८५.३९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशत बिन्दुले घटाउन सफल भएको छ । गत वर्ष ०.७७ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष घटेर ०.६६ प्रतिशतमा झरेको छ ।