काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्रिप्टोकरेन्सी डलर ट्रम्प ($ Trump) सार्वजनिक गरेका छन् ।
ट्रम्ले पदभार ग्रहण गर्नु एकदिन अघि मात्रै उक्त क्रिप्टोकरेन्सी सार्वजनिक गरेका हुन् । ट्रम्प सोमबार ४७ औं अमेरिकी राष्ट्रपतिको पद ग्रहण गर्दैछन् ।
उक्त किप्टो सार्वजनिक भएको केही घण्टामै बजार पूँजीकरण ५.५ अर्ब डलर पुगेको पुगेको बीबीसीले जनाएको छ । उक्त क्रिप्टो ट्रम्प अर्गनाइजेसनको सहायक कम्पनी सीआइसी डिजिटलले संचालनमा ल्याएको हो । यस कम्पनीको ट्रम्पको ८० प्रतिशत स्वामित्व छ । जुन कम्पनी हो ।
सीआइसीले यसअघि ट्रम्प ब्राण्डेड जुत्ता र परफ्युमजस्ता उत्पादनहरू बजारमा ल्याइसकेको छ ।
$ Trump एक ‘मिम क्वाइन’ हो । यो क्रिप्टोकरेन्सी प्रायः भाइरल इन्टरनेट ट्रेन्डसँग जोडिएको हुन्छ । यस्ता क्वाइनहरूले चाँडै लोकप्रियता पाउन सक्छन् । तर, यिनीहरू प्रायः अत्यधिक अस्थिर हुन्छन् ।
क्वाइनको वेबसाइटका अनुसार प्रारम्भिक चरणमा २० करोड डिजिटल टोकन जारी गरिएको छ । र, थप ८० करोड टोकन आगामी ३ वर्षभित्र जारी गरिने योजना छ । यो क्वाइनलाई ‘एउटा नेताको सम्मानमा, जसले कहिल्यै हार मान्दैन’ भनेर प्रचार गरिएको छ ।
यसको बजार मूल्य आएको वृद्धिले उत्साह बढाएको छ । यता, आलोचकहरूले ट्रम्पलाई आफ्नो राष्ट्रपतिकाललाई आर्थिक लाभका लागि प्रयोग गरेको आरोप लगाएका छन् ।