काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत साता ४५ अंकले घटेको नेप्से यस साता पहिलो दिन दोहोरो अंकले बढेको हो ।
आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले बढेर ६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशतले बढेको छ भने म्युचअल फण्ड ०.४६ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको २४ करोड ४५लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।
आज बोटलर्स नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
सुपर मादी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।