सहकारी ठगीमा रवि विरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दायर भएकाे छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलनको आरोपमा सरकारी वकिल कार्यालय, रुपन्देहीले लामिछाने विरुद्ध आइतबार मुद्दा दयार गरेको हो ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएको छ ।

लामिछाने विरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर ४ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।

रवि विरुद्ध यसअघि कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । उनी झण्डै ३ महिनाको हिरासतपछि गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यस्तै, काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उनी विरुद्ध अझै पर्सा र चितवनमा पनि मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

बक्यौता कर उठाउन राजस्व कार्यालयले पठाउन थाल्यो घरघरमा पत्र Read Previous

बक्यौता कर उठाउन राजस्व कार्यालयले पठाउन थाल्यो घरघरमा पत्र

पदभार सम्हाल्नु अघि ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी Read Next

पदभार सम्हाल्नु अघि ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी