माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हात्तीवस्थित लिटिल एन्जल्स कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरू, क्याम्सका कर्मचारी र शिक्षकलाई शेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको थियो ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

 

नेप्सेमा गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

नेप्सेमा थप साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत