काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको ५ प्रतिशत अर्थात् १० लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।