नेप्सेमा गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार ५९ अंकको गिरावट पछि बुधबार झण्डै २ अंकले बढेको नेप्सेमा आज फेरि गिरावट आएको हो ।

बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोड रुपैयाँले बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने फाइनान्स ५.१९ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको सर्वाधिक २८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपाव र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज पोखराका फाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, दैनिक डेढ सय मजदुर फिल्डमा Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, दैनिक डेढ सय मजदुर फिल्डमा

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read Next

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न