क्यूएफएक्सका हलमा बालबच्चा लैजान निषेध

काठमाडौं । क्यूएफएक्स चेन अन्तर्गतका सिनेमा हलमा २.५ फिटभन्दा साना बालबच्चाले लैजान नपाइने भएको छ ।

देशकै सबैभन्दा धेरै हल भएको क्यूएफएक्सले बुधबार सूचना जारी गर्दै २.५ फिटभन्दा साना बालबच्चा हलमा लैजान निषेध गरिएको जानकारी गराएको हो ।

‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमाघर भित्र प्रवेश निषेध गरिएको छ,’ क्यूएफएक्सले भनेको छ ।

२.५ फिटभन्दा अग्ला उचाइ भएका बालबालिकादेखि वृद्धसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने क्यूएफएक्सले जनाएको छ ।

हिमालयन बैंकको वार्षिक साधारण सभा सम्पन्न Read Previous

हिमालयन बैंकको वार्षिक साधारण सभा सम्पन्न

आयल निगमको धनगढी डिपो गोदावरीमा सारिँदै, २१ बिघा जग्गा पहिचान Read Next

आयल निगमको धनगढी डिपो गोदावरीमा सारिँदै, २१ बिघा जग्गा पहिचान