काठमाडौं । हिमालयन बैंकको ३२ औं साधरण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा पुस २९ गते बैंकको सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको आव २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
बैंकका अध्यक्ष श्रेष्ठले शेयरधनीहरूलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याइसकेको जानकारी गराए ।
साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको उनले जानकारी गराए ।
अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रहेको बताए । उनले बैंकको अन्य कम्प्रिहेन्सिभ इनकम गणना गर्दा खुद आम्दानी १ अर्ब २ करोड ३९ रहेको जानकारी दिए ।
यसैगरी बंैकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड र कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड रहेको जानकारी गराए ।
बैंकले स्थापनाकालदेखि नै नियमित रुपमा आफना सेयरधनीहरूलाई बोनस सेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष र यस वर्ष दिन नसकेकोमा दुःख व्यक्त गरे । उनले कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने बताए ।