क्लासिक टेकले ल्यायो ‘१२ मा १२ बोनस’ अफर

काठमाडौं । क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ इन्टरनेट जडान गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

कम्पनीको यस योजना अनुसार ग्राहकले ७५ एमबीपीएस इन्टरनेट टीभी जडान एक वर्षको शुल्कमा २४ महिना इन्टरनेट टीभी चलाउने पाउने छन् । अर्थात् १२ महिनाको इन्टरनेट टीभीको शुल्कमा २४ महिनासम्म चलाउन पाउने छन् ।

१२ मा १२ बोनस योजना अन्तर्गत ग्राहकले ७५ एमबीपीएसको इन्टरनेटको प्रतिमहिना ४३५ रुपैयाँ र आइपीटीभीको प्रतिमहिना २५० रुपैयाँ तिर्नुपर्नेछ । साथै, राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

यो अफर सीमित अवधिका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

माघ भित्रै खाना पकाउने ग्यासको मूल्य फरक फरक बनाइने Read Previous

माघ भित्रै खाना पकाउने ग्यासको मूल्य फरक फरक बनाइने

इन्भेष्टमेन्ट मेगा बैंकले पायो हरित जलवायु कोषबाट मान्यता Read Next

इन्भेष्टमेन्ट मेगा बैंकले पायो हरित जलवायु कोषबाट मान्यता