१ वर्षमै लुम्बिनी केबलकारको आम्दानी ६ गुणाले बढ्यो

काठमाडौं । लुम्बिनी केबलकार लिमिटेडको आम्दानी एक वर्षमै ६ गुणाले बढेको छ ।

कम्पनीले गत वर्ष (सन् २०२४) मा १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

यो सन् २०२३ को भन्दा ५०४ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले २०८० जेट १५ गतेदेखि केबलकार सञ्चालनमा ल्याएको थियो । कम्पनीलाई लङ ट्रम १ अर्ब ४० लाख रुपैयाँ बैंक कर्जाका लागि इक्राले ‘इक्राएनपी एलबी प्लस’ रेटिङ दिएको छ ।

बुटवल उपमहानगरपालिका-३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म करिब २.६ किलोमिटर दूरीको भएको यो लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

आइएमई ग्रुपले केबलकार, क्यासिनोसहितको १५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी संचालनमा ल्याएको हो ।

टप स्टेशनमा १ अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पाँचतारे होटेल बन्दैछ ।

केबलकारमा २५ गोण्डुला रहेका छन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । केबलकारमा प्रतिघण्टा अधिकतम ६०० यात्रु आवातजावत गर्न सक्ने छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि लाभांश नदिने Read Previous

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि लाभांश नदिने

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ बिक्री गर्न अनुमति Read Next

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ बिक्री गर्न अनुमति