काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न पुस २५ गते अनुमति दिएको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
सो अनुसार कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।