भारतद्धारा नेपाललाई २ लाख टन गहुँ आयात गर्न अनुमति

काठमाडौं । भारतले नेपाललाई २ लाख मेट्रिकटन गहुँ आयात गर्न अनुमति दिएको हो । भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत नेपाललाई २ लाख मेट्रिक टन गहुँ आयातको अनुमति दिएको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जाल एक्स मार्फत उक्त जानकारी दिएका हुन् । ‘भारतले गहुँ निर्यातमा प्रतिबन्ध गरेको छ। तर हाम्रो (नेपाल सरकार)को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यातको अनुमति दिएको हो,’ शर्माले उल्लेख गरेका छन्।

भारतले सन् २०२२ देखि नै गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। यसअघि पनि भारतले नेपाललाई कोटा तोकेर गहुँ आयातको अनुमति दिएको थियो। सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ आयातका लागि अनुमति दिइएको थियो।

भारतमा गहुँ र आटाको मूल्यवृद्धि नियन्त्रण तथा खाद्य सुरक्षालाई ध्यानमा दिएर गहुँ निर्यातमा प्रतिबन्ध लगाइएको थियो। संसारका ठूला गहुँ निर्यात गर्ने मुलुक रूस र युक्रेन बीच युद्ध भएपछि विश्वभर गहुँको मूल्य बढेको थियो।

 

डेढ अर्बमा सुनकोशीको पानी पाँचखालमा Read Previous

डेढ अर्बमा सुनकोशीको पानी पाँचखालमा

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट