नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । गत बुधबारदेखि दैनिक ५ अंकले बढ्दै आएको नेप्से आज पनि त्यत्ति नै अंकले बढेको हो ।

आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये अन्य ८ समूहको सूचक बढेको छ भने ५ को घटेको छ । हाइड्रोपावर र व्यापार समूहको परिसूचक १ अंभन्दा धेरैले बढेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त, दोर्दीखोला हाइड्रोपावर र ग्रीन भेन्चर्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

भारतद्धारा नेपाललाई २ लाख टन गहुँ आयात गर्न अनुमति Read Previous

भारतद्धारा नेपाललाई २ लाख टन गहुँ आयात गर्न अनुमति

स्टार्टअप उद्यम कर्जाका लागि १३१४ परियोजना सर्टलिस्ट, ३% ब्याजमा ऋण पाउने Read Next

स्टार्टअप उद्यम कर्जाका लागि १३१४ परियोजना सर्टलिस्ट, ३% ब्याजमा ऋण पाउने