क्रिष्टल गाइग्नोष्टिकमा नेपाल बैंकका ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकको तर्फबाट प्रबन्ध निर्देशक रवीन्द्र केसीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने प्याथोलोजी ल्याब, ईसीजी, इको, कोन्लोस्कोपी, इन्डोस्कोपी, पीसीआर टेस्ट लगायत सुविधामा लाभांन्वित हुने छन् ।

१०२ मेगावाटको अप्पर मर्स्याङ्दीमा लक्ष्मी बैंकको नेतृत्वमा १६ अर्ब लगानी Read Previous

१०२ मेगावाटको अप्पर मर्स्याङ्दीमा लक्ष्मी बैंकको नेतृत्वमा १६ अर्ब लगानी

प्रदेश सिमानाका ६ ठाउँमा अत्याधुनिक चेकपोस्ट निर्माण गर्दै बागमती प्रदेश Read Next

प्रदेश सिमानाका ६ ठाउँमा अत्याधुनिक चेकपोस्ट निर्माण गर्दै बागमती प्रदेश