प्रदेश सिमानाका ६ ठाउँमा अत्याधुनिक चेकपोस्ट निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ ।

पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्ने भएकाे हो ।

पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले दिए ।

दोस्रो चरणमा चितवनको मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ ।

‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।

क्रिष्टल गाइग्नोष्टिकमा नेपाल बैंकका ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने Read Previous

क्रिष्टल गाइग्नोष्टिकमा नेपाल बैंकका ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

डेढ अर्बमा सुनकोशीको पानी पाँचखालमा Read Next

डेढ अर्बमा सुनकोशीको पानी पाँचखालमा