प्रभु बैंकले संचालनमा ल्यायो ‘प्रभु डिजिटल क्युब’

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को सुरुवातसँगै ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउण्टर सञ्चालनमा ल्याएको छ।

यस काउण्टरमार्फत ग्राहकहरूले विद्युतीय कारोबारको सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बैंकिङ सेवाको सहजता र छिटो प्रक्रियालाई सुनिश्चित गर्नेछ।

‘प्रभु डिजिटल क्युब’ काउण्टरमा ग्राहकहरूले नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न, चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेशिनबाट नगद जम्मा र निकाल्न सक्नेछन् ।

यस सेवाले कार्यालय समयको पर्खाइ बिना, ग्राहकहरूलाई कुनै पनि समयमा बैंकिङ सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। यस प्रविधि सेवाले बैंकको मुख्य कार्यालय, बबरमहलमा सुरुआत भएको छ र निकट भविष्यमा अन्य स्थानहरूमा पनि यसको विस्तार गरिने छ।

यस नयाँ सेवाले ग्राहकलाई अधिक सन्तुष्ट र सुविधाजनक बैंकिङ अनुभव दिने र ग्राहक वर्ग यसबाट पर्याप्त लाभ उठाउने प्रभु बैंकले विश्वास लिएको छ । प्रभु बैंकले यस डिजिटल सेवाबाट नेपालमा बैंकिङ कारोबारलाई अझ प्रविधिमैत्री बनाउन चाहेको छ।

नेपालमा झण्डै डेढ लाख होटल तथा रेस्टुराँ, १ खर्ब बढी 'भ्यालु एड' Read Previous

नेपालमा झण्डै डेढ लाख होटल तथा रेस्टुराँ, १ खर्ब बढी 'भ्यालु एड'

सरकारले खुलायो साढे २८ हजार मेगावाट बिजुली उत्पादनको बाटो Read Next

सरकारले खुलायो साढे २८ हजार मेगावाट बिजुली उत्पादनको बाटो