काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीमा कार्ड प्रयोग गरी निकाल्न मिल्ने सीमा बढाएको छ । राष्ट्र बैंकले पुस बिहीबार (१७ गते) एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था एटीएमबाट प्रतिदिन १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था गरेको छ ।
अब एटीएम कार्ड प्रयोग गरी एक पटकमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि एक पटकमा २० हजार रुपैयाँ गरी प्रतिदिन ६० हजार रुपैयाँमात्र निकाल्न पाइने व्यवस्था रहेको थियो।
गत भदौमा विभिन्न बैंकका एटीएम ह्याक गरी करोडौँ रुपैयाँ चोरी भएपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा घटाएर २० हजार रुपैयाँमा सीमित गरेको थियो।
प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाखसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्ता कार्डहरुबाट न्यूनतम ५ सयदेखि २५ हजार रुपैयाँसम्म निकाल्न सकिनेछ।
