कामना सेवाको लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ६.८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न १३ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

 

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँको ६.८ प्रतिशतका दरले हुन आउने १७ करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

 

सभामा बैंकका अध्यक्ष्य आचार्यले आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण, त्यससँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेको थिए । यस्तै बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा बताए ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको बताए ।

 

बैंकले हाल देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा बढायो Read Previous

राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा बढायो

बहुतले पार्किङस्थल निर्माण प्रक्रिया रद्द Read Next

बहुतले पार्किङस्थल निर्माण प्रक्रिया रद्द