राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकको ५१ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल बैंक लिमिटेडको ५१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

शनिबार सम्पन्न बैंकको चौथो केन्द्रीय महाधिवेशनले गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा केशव सुवेदी, उपाध्यक्षहरूमा कृष्ण गौतम, भुवनेश यादव, रजनी शर्मा र राजीव पोखरेल चयन भएका छन् ।

त्यसैगरी, महासचिवमा मोहन कुमार श्रेष्ठ, उपमहा-सचिवमा ध्रुव प्रसाद दाहाल, सचिवहरूमा सविन शर्मा न्युरे, उज्ज्वल पोखरेल, कृष्णप्रसाद पौडेल, टोखाहाङ राई, सरिता पङ्गेनी, कोषाध्यक्षमा नरेश कुमार जोशी, सह-कोषाध्यक्षमा वनिता गिरी चयन भएका हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरू मुररी कोइराला, जीवन कुमार न्यौपाने, सुमन नेपाल, हिमकला खड्का, गणेश विक, मुकेशलाल कर्ण, नारायणराज श्रेष्ठ, भोगेन्द्र कुमार सिंह, साधना सुवेदी, विनीता बस्नेत, दिनेश खड्का, गोकर्ण खड्का, निरुता घिमिरे, गणेश शर्मा लगायत चयन भएका छन् ।

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त Read Previous

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

ओमोडा एण्ड जेइकोको ब्राण्ड एम्बेसडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त Read Next

ओमोडा एण्ड जेइकोको ब्राण्ड एम्बेसडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त