ओमोडा एण्ड जेइकोको ब्राण्ड एम्बेसडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेइकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

नेपालका लागि ओमोडा एण्ड जेइकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरियो ।

ऐरीले आफू ओमोडा एण्ड जेइकोसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरे । उनले ओमोडा र जेइकोका ईभीहरू फ्युचररिस्टिक सेग्मेन्टमै उत्कृष्ट रहेको बताए ।

ओमोडा एण्ड जेइको एनपीएलमा ‘ड्रिभन बाइ’ सहप्रायोजक बनेको थियो ।

राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकको ५१ सदस्यीय केन्द्रीय समिति गठन Read Previous

राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकको ५१ सदस्यीय केन्द्रीय समिति गठन

नेपाल र चीनका विश्वविद्यालय बीच सहकार्य सम्झौता Read Next

नेपाल र चीनका विश्वविद्यालय बीच सहकार्य सम्झौता