सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल ४ वर्षको रहने छ । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । उनले शंकरदेव क्याम्पसबाट एमबीएस र नेपाल ल क्याम्पसबाट स्नातकोत्तर (एलएलएम) गरेकी छन् ।

यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो । आचार्यले गत भदौ ७ गते राजीनामा दिएका थिए ।

भोजपुर-सङ्खुवासभा जोड्न फेरीकै भर, पुल नहुँदा नागरिकलाई सास्ती Read Previous

भोजपुर-सङ्खुवासभा जोड्न फेरीकै भर, पुल नहुँदा नागरिकलाई सास्ती

राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकको ५१ सदस्यीय केन्द्रीय समिति गठन Read Next

राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकको ५१ सदस्यीय केन्द्रीय समिति गठन