राष्ट्र बैंकद्धारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा विप्रेषण (रेमिट्यान्स) कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ ।

राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि (नयाँबानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनि ट्रान्सफर प्रालि (कान्तिपथ)को लाइसेन्स खारेज गरेको हो ।

विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम ५ बमोजिम यी तीन कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण कारोबारको सिलसिलामा ती कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

कारोबार भएका व्यक्ति वा संस्थाले बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग लिखित जानकारी दिनुपर्ने छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नआएमा ती कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।

लाइसेन्स खारेज भएका ती विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुनेछ ।

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

९ रुपैयाँको नुन किन्न २५०० रुपैयाँ खर्च ! Read Next

९ रुपैयाँको नुन किन्न २५०० रुपैयाँ खर्च !