 
			काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।नेप्सेले सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेड पावरको सेयर मूल्य समायोजन गरेको हो ।
सर्वोत्तम सिमेन्टले गत वर्षको नाफाबाट वितरण गर्ने ७ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भएको हो । सर्वोत्तमको नयाँ सेयर मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ग्रीन भेन्चर्सले गत आवको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार समायोजनपछि ग्रीन भेन्चर्सकोे नयाँ सेयर मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                